रोगको निवारक उपायमा लगानी बढाउनु पर्छ: गगन थापा
पाेखरा | साउन ७, २०८०
पोखरा: पूर्व स्वास्थ्य मन्त्री तथा माननीय गगन थापाले रोगको उपचारात्मक उपायहरूभन्दा निवारक उपायहरूको आवश्यकतालाई प्राथमिकतामा राखी लगानी गर्नु जरुरी रहेको बताए ।
नेपाली युथ फिट्नेस ऐकेडेमीले आभ्या क्लवसँगको सहकार्यमा सञ्चालित १० हप्ताको पर्सनल ट्रेनिङ कोर्स समापन समारोहमा माननीय थापाले पाँचौ व्याजका उत्तीर्ण १८ जना सहभागीलाई प्रमाणपत्र विरतरण गर्दै भने, डाक्टरले भन्दा व्यायाम विज्ञान पढेका योग्य र दक्ष प्रशिक्षकमार्फत् व्यायामका सुझाव र निर्देशनहरू पालना गर्नु उचित हुन्छ । नेपालमै पहिलो पटक सहरी स्वास्थ्य प्रवद्र्धन केन्द्रमा फिटनेट क्लिनिक सञ्चालन गर्न एनवाइएफए संस्थासँग साझेदारी गरेर अगाडि बढ्ने प्रतिवद्धता माननीय थापाले गरे ।
थापाकै नेतृत्वमा काठमाडौं महानगरपालिकामा स्थापना भएको सहरी स्वास्थ्य प्रवद्र्धन केन्द्रले सुलभ मूल्यमा स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ । काठमाडौं महानगरपालिका वडा नं. ३० मा भने नियमित स्वास्थ्य सेवासँगै ३० प्रतिशत कम मूल्यमा फार्मेसी सेवा, मनोचिकित्सकीय सेवा प्रदान गरिएको छ ।
एनवाइएफएका संस्थापक अध्यक्ष सुकदेव कार्कीले शारीरिक व्यायाम क्षेत्रमा अध्ययनको महत्वलाई जोड दिँदै अन्तर्राष्ट्रिय स्तरको जनशक्ति उत्पादन गर्न र रोजगारका अवसर सिर्जना गर्नका लागि क्लवसँग विगत ६ वर्षदेखि निरन्तर काम गर्दै आएको जानकारी दिए ।
कार्यक्रममा गण्डकी प्रदेशसभाका सांसद माननीय प्रकाश बराल, गण्डकी प्रदेश खेलकुद विकास समितिका सदस्य सचिव श्रीधर शर्मा, आभ्या क्लवका संस्थापक किरण केसी, पोखरा महानगरपालिका वडा नं. १३ का वडाअध्यक्ष किरण बराल, वडा नं. २६ का वडा अध्यक्ष नरेन थापा, कास्की जिल्ला शारीरिक सुगठन सङ्घका अध्यक्ष वैभव पौडेल, कास्की जिल्ला पावर लिफ्टििङ सङघ अध्यक्ष हस्सन गुरुङ, अभ्या क्लवका प्रबन्ध निर्देशक निरोज लामा, अन्तर्राष्ट्रिय शारीरिक सुगठटन खेलाडी कमल भण्डारी, पोषिलो फुड्सका प्रबन्ध निर्देशक पृथ्वीकल्याण पराजुलीले पाँचौ व्याजका उत्तीर्ण प्रशिक्षार्थीलाई हार्दिक बधाईसहित उज्जव भविष्यको शुभकामना दिएका थिए ।
पोखरामा अन्तर्राष्ट्रियस्तरको सेवा सुविधा प्रदान गर्ने लक्ष्यसहित २० रोपनी जग्गामा आभ्या क्लव स्थापना भएको हो । १५ करोडको लगानीमा सन् २०१८ देखि सर्वाङ्गिण स्वास्थ्य तन्दुरुस्ती तथा लोकहितलाई ध्यान दिएर क्लवले सेवा दिइरहेको छ । शारीरिक तन्दुरस्तीसँगै मानवमन, आत्मा र शरीरको समग्र हित शुद्धीकरण र सवलीकरणमा जोड दिएको छ ।
पाँचौ व्याजका २१ जना मध्ये ७ जना ए ग्रेड, ११ जना बि ग्रेडमा उत्तीर्ण भएका छन भने ३ जनाले छैटौँ व्याजका विद्यार्थीसँग पुन परीक्षा दिनु पर्ने छ । नेपालगञ्जबाट अध्ययनका लागि आएका प्रकाश कठायतले सर्वोकृष्ट स्थान हासिल गरेका छन् । एनवाइएफएका अध्यक्ष सुकदेव कार्कीको सभापतित्वमा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न भएको थियो ।
काठमाडौं: प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...
चितवन: जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो । उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...
काठमाडौं: नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

